नसबन्दी गर्दा पनि पाँचौँ सन्तान भएपछि क्लिनिकविरुद्ध मुद्दा हाल्ने तयारी
मस्को । परिवार नियोजन (नसबन्दी) गरे सकेपछि पनि सन्तान जन्मिएको भन्दै रुसमा एक व्यक्तिले क्लिनिकमाथि मुद्दा दर्ता गर्ने भएका छन् ।
सन् २०२२ मा चौथो सन्तानको पिता बनेपछि रुसको उफा सहर निवासी ४५ वर्षीय म्याक्सिमले आफ्नो पत्नी पुनः गर्भवती नहोस् भनेर नसबन्दी गर्ने निर्णय लिएका थिए । यसका लागि उनी स्थानीय ‘प्रोमेडिटसिना’ क्लिनिकमा पुगेका थिए ।
त्यहाँ पुगेर सम्पूर्ण प्रक्रियाका लागि उनले ३० हजार रुबेल (करिब ३ सय ३० डलर) तिरेका थिए । अपरेसन सफल भएको भन्दै उनलाई केही घण्टामा डिस्चार्ज पनि गरियो ।
गत वर्षसम्म सबै कुरा ठिक थियो । तर, अचानक म्याक्सिमकी पत्नीले उनी पुनः गर्भवती भएको जानकारी दिइन् । सुरुमा परीक्षण गलत भएको होला भन्ने ठानेका उनी गत नोभेम्बरमा पाँचौँ सन्तानका पिता बने ।
त्यसपछि उनले के भएको हो भनेर बुझ्न नसबन्दी गरेको क्लिनिकमा सम्पर्क गरे । क्लिनिकले उनलाई वीर्य र पितृत्वको जाँच गर्न सुझाव दियो । दुवै परीक्षणमा उनी बच्चा पाउन योग्य रहेको खुल्यो ।
तर, क्लिनिकले आफ्नो गल्ती स्वीकार गर्नुको साटो यसलाई ‘मेडिकल चमत्कार’ भनेर टारिदियो । उल्टै उनलाई बच्चा भएकोमा खुसी हुनुपर्ने भनियो ।
यति मात्र होइन, क्लिनिकले उनलाई नसबन्दीको पैसा फिर्ता गरिदिने अफर गर्यो । तर, म्याक्सिम र उनको परिवारले यो अफर अस्वीकार गरेको छ । अब उनीहरूले पाँचौँ सन्तानको खर्च क्लिनिकले तिर्नुपर्ने मागसहित अदालतमा जाने तयारी गरेका छन् ।
गत वर्ष नसबन्दी गरेपछि पनि बच्चा जन्मिँदा कोलम्बियाका एक डाक्टरले उक्त बच्चा १८ वर्षको उमेर हुँदासम्म परिवारलाई आर्थिक रुपमा सहयोग गर्नुपर्ने अदालतले आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण