इन्जिनियर्स एसोसियसनको निर्वाचन भाद्र २८ गते हुने
काठमाडौँ । इन्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले उम्मेदवार टुंगो लगाएको छ।
भदौ २८ गते हुने ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो। इञ्जिनियर सुवास चन्द्र बरालको नेतृत्वमा प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहने गरि लोकतान्त्रिक समूहले प्यानल घोषणा गरेको छ ।
केसीका अनुसार लोकतान्त्रिक समूहबाट उपमहासचिव अनिल मानन्धर, कोषाध्यक्ष सुमन थापा र सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । सदस्यहरूमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ,अनिल पौडेल, संजय कुमार साह, नेत्र प्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी,विक्रम कुमार दास, प्रियंका गुप्ता र जयकिसुन राय छन् ।
इन्जिनियरिङ एसोसिएसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण