युक्रेन जानुअघि मोदीले के भने ?
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणमा निस्किन लागेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निम्तोमा आफू युक्रेन जान लागेको उनले बताएका छन्
। उनी पोल्याण्ड भएर युक्रेन जान लागेका हुन् । भारतीय प्रधानमन्त्री पोल्यान्डको भ्रमणमा जान लागेको यो ४५ वर्षयता पहिलो पटक हो ।
यस्तै मोदीले युक्रेन भ्रमण पुरानो छलफललाई अगाडि बढाउने र भारत–युक्रेन मित्रतालाई अझ गहिरो बनाउने अवसर हुने माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेका छन् । भ्रमणमा युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानबारे आफ्नो दृष्टिकोण पनि शेयर गर्ने भनिएको छ । छिट्टै यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना हुने मोदीले आशा राखेका छन् ।
भारतीय प्रधानमन्त्री युक्रेन भ्रमणमा जान लागेको भने यो ३० वर्षयतो पहिलो पटक हो । युक्रेनी सेनाहरू रुसभित्र छिरेर हमला गरिरहेकै समयमा मोदीको यो भ्रमण हुन लागेको हो । युक्रेनले रुसको केही क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । यस्तोमा रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण