दैनिक १६०० किमी यात्रा गरेर अफिस जानेछन् यी हाकिम
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय कफी चेन स्टारबक्सका नयाँ सीईओ ब्रायन निकोल आगामी महिना आफ्नो कार्यभार सम्हाल्ने तयारीमा छन् । पदभार सम्हालेपछि उनी दिनहुँ सयौँ किमी यात्रा तय गरेर कार्यालय जानेछन् ।
निकोल क्यालिफोर्नियामा बस्छन् । स्टारबक्सको मुख्यालय कार्यालय सियाटलमा छ । अर्थात् हरेक दिन निकोलले १ हजार ६०० किलोमिटरको यात्रा गरेर सियाटलस्थित आफ्नो कार्यालयमा पुग्नेछन् । यसको लागि उनले कर्पोरेट जेट प्रयोग गर्नेछन् ।
यो कुरा उनलाई कम्पनीले दिएको अफर लेटरमै उल्लेख गरिएको छ । अफर लेटरअनुसार निकोलले हप्तामा कम्तीमा तीन दिन सियाटलको मुख्यालयबाट काम गर्नेछन् । सन् २०२३ देखि कम्पनीमा लागू भएको हाइब्रिड कार्य नीतिअनुसार उनलाई यो सुविधा दिइएको हो ।
५० वर्षीय निकोलले हरेक वर्ष १६ लाख डलर न्यूनतम तलब पाउनेछन् । यसबाहेक प्रदर्शनका आधारमा उनले ३६ लाख देखि ७२ लाख डलरसम्म नगद बोनस पाउन सक्नेछन् । उनी हरेक वर्ष २ करोड ३० लाख डलरसम्मको शेयर पाउन पनि योग्य हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण