आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

नयाँ इभी डोङफेङ नामी सार्वजनिक

शुक्रबार, ०७ भदौ २०८१, १४ : ४६
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ इभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक इभी सेग्मेन्टमा यो इभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको छ ।

नामीलाई काठमाडौंमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।  जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’लाई न्यायोचित गरेको कम्पनीको दाबी छ ।

कम्पनीले भनेको छ, ‘डोंगफेंग नामले नेपालको इभी ह्याचब्याक सेग्मेन्टलाई पुनः परिभाषित गर्नेछ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।’

४०३० एमएमको लम्बाई, १८१० एमएमको चौडाइ र १५७० एमएम उचाइ तथा २६६० एमएम ह्विलबेस भएको नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार १७ इन्चको टायरले यसको सौन्दर्यलाई बढाउनुका साथै एसयुभीको जस्तो स्वरुप दिएको छ भने यसमा विस्तार गर्न मिल्ने क्याबिन भएकाले यात्रुका लागि पर्याप्त स्पेस र कम्फर्ट प्रत्याभु गर्नेछ ।

2

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित रहेको भन्दै कम्पनीले भनेको छ, ‘यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग  टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।’

नामी सेतो, निलो, बैजनी, हरियो, र ड्यूल टोनमा निलो प्लस सेतो, हरियो प्लस सेतो, बैजनी प्लस सेतो छानो गरी सात विभिन्न रंगहरूमा उपलब्ध हुने जनाइएको छ ।   यसैगरी, यसमा दुई इन्टेरियर रंग विकल्पहरू उपलब्ध रहको कम्पनीले जनाएको छ ।

नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ भने जसको सुरुवाती मूल्य क्रमसः २९.९९ लाख, ३१.९९ लाख र ३४.९९ लाख रुपैयाँ रहेको छ । ड्यूल टोनको लागि थप रू ५०,००० अतिरिक्त हुने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप