हेटौँडामा खैरो हिरोइनसहित ३ जना पक्राउ
सारांश
- मकवानपुरको हेटौंडाबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।
- विशेष सूचनाको आधारमा गरिएको 'स्वीप अप्रेसन'का क्रममा उनीहरूबाट खैरो हिरोइनसहित नगद पनि बरामद गरिएको छ ।
- पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान सुरु गरिएको छ ।
हेटौँडा । मकवानपुरको हेटौंडाबाट लागुऔषध खैरोहिरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराको संयुक्त विशेष टोलीले हेटौँडाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो । लागु औषधको बिक्री वितरण तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा आइतबार प्रहरीले उनीहरूमाथि कारबाही चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
उनका अनुसार शनिबार दिउँसो करिब १ः०० बजे हेटौंडा–४ स्थित नारायणीमहल नजिकैको भित्री गल्लीबाट हेटौंडा–१ पानसुके चोक बस्ने १८ वर्षीय अशोक गुरुङ पक्राउ परेका हुन् । उनको साथबाट ५२० मिलिग्राम खैरो हिरोइन र ९ हजार ६०० रुपैयाँ नगद बरामद गरिएको छ ।
त्यसैगरी, शनिबार दिउँसो १ः४० बजे हेटौंडा–४ मा डेरा गरी बस्ने ४६ वर्षीय रामजी बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको कोठा खानतलासी गर्दा १२ ग्राम ३८० मिलिग्राम खैरो हिरोइन र १२ हजार ६०० रुपैयाँ नगद फेला परेको प्रवक्ता काफ्लेले बताए । शनिबार साँझ ७ः०० बजे हेटौंडा–५ पिप्लेबाट २४ वर्षीया अञ्जली तामाङ भन्ने क्रान्ती देवी घलानलाई ५ ग्राम १७० मिलिग्राम खैरो हिरोइन र ४ हजार ५०० रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रवक्ता काफ्लेको भनाइ छ ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यस कारोबारमा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण