पाँचवटा रेमिट्यान्स कम्पनी खारेजीको चरणमा छन् : राष्ट्र बैंक
काठमाडौँ । रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा पुगेका छन् । लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार रेमिट, न्यूरोडस्थित ललित मनि ट्रान्सफर र अनामनगरस्थित माक्स मनि ट्रान्सफर प्रालि खारेजीको चरणमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त यी रेमिट कम्पनीहरू नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (१०० को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्डक (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा देहायका कम्पनीहरूसँग कुनै व्यक्ति वा संघ–संस्थाले लेनदेन (विष्रेणसँग सम्बन्धि कारोबार मात्र) रकम बाँकी रहेको भए राफसाफ गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो कारोबार सूचना जारी भएको ३५ दिनभित्र राफसाफ गरिसक्ने र नभएको भए राष्ट्र बैंकलाई जानकारी गराउन समेत बैंकले सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण