युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु
किभ । युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु भएको छ । ती पुरुष पूर्वी युक्रेनमा रोयटर्सको न्यूज टिममा काम गर्थे ।
शनिबार एउटा होटलमा भएको मिसाइल आक्रमणमा परेर रायन इभान्सको मृत्यु भएको हो । इभान्स रोयटर्सको न्यूज टिममा सुरक्षा सल्लाहकारका रुपमा काम गर्थे । क्रामतास्र्क शहरमा रहेको होटल साफिरमा आक्रमण हुँदा रोयटर्सका ६ जना कर्मचारी त्यहीँ थिए ।
१९ घन्टासम्म खोजेपछि बल्ल इभान्सको शव भेटिएको थियो । एजेन्सीका अन्य कर्मचारीलाई भने अस्पतालमा भर्ना गरिएको छ । यीमध्ये एक जनालाई गम्भीर चोट लागेको बताइएको छ ।
होटलमा रुसले हानेको मिसाइलले लागेको युक्रेनी अधिकारीहरूले भनेका छन् । रुसले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
इभान्सको मृत्युको खबरले एजेन्सी शोककूल बनेको रोयटर्सका एक प्रवक्ताले भनेका छन् । आक्रमणबारे आफूहरूले थप विवरण खोजिरहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण