राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना
सोमबार, १० भदौ २०८१, १६ : ३५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति पौडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण