कलाकार सानु ताम्राकारको अभाव सदैव चलचित्र क्षेत्रमा रहनेछ– नीर शाह
काठमाडौँ । स्वर्गीय कलाकारद्धय सानु ताम्राकार र सारुक ताम्राकारको सम्झना गरिएको छ । सोमबार वार्षिक पुण्य तिथिको अवसर पारेर नेपाल चलचित्र कलाकार सङ्घले राजधानीमा एक कार्यक्रमको आयोजना दुवै कलाकारको सम्झना गरेको हो ।
सारुक ताम्राकारले अल्पायुमै आत्महत्या गरेपछि त्यसको पीडाले थलिएका उनका बाबु सानुको अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । वार्षिक पुण्य तिथिमा बोल्दै सङ्घका अध्यक्ष मोहन निरौलाले सानु ताम्राकारको निधनले कलाकारिता क्षेत्रले मात्र नभएर सङ्घले नै एक अभिभावक गुमाएको सुनाए ।
यता चलचित्र क्षेत्रका वरिष्ठ कलाकार नीर शाहले सानु ताम्राकारको अभाव सदैव चलचित्र क्षेत्रमा रहने भन्दै नेपाली चलचित्र र कलालाई विश्व बजारमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । कलाकार रमेश बुढाथोकीले ताम्राकार परिवारसँग पारिवारिक सम्बन्ध रहेको भन्दै एक असल मित्र र कलाकार गुमाउँदाको पीडा सुनाउन नसकिने बताए ।
कलाकार सङ्घका निवर्तमान अध्यक्ष तथा कलाकार रवीन्द्र खड्का र दीपाश्री निरौलाले नेपाली चलचित्र क्षेत्रका एक नक्षत्र गुमाएको पीडालाई सदा सदैव अमर रहने कर्म गर्न सङ्घ तथा परिवारजनमा आग्रह गरे ।
पुण्य तिथिका अवसरमा सानु र सारुकको विषयमा तयार पारिएको वृत्तचित्र समेत देखाइएको थियो । जुन भिडियो ओएस आर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । वृतचित्रको निर्माण रुकमणी ताम्राकार र राजीव गुरुङले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण