छैटौँ राष्ट्रिय एमेच्योर चेस पुरुषोत्तमले जिते
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी कार्यक्रम राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापा जिल्लाको मेचिनगर नगरपालिका काँकडभिट्टामा सम्पन्न भएको छ । चारदिन चलेको चेस प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गरी सिएम पुरुषोत्तम चौलागाईंले उपाधि आफ्नो नाममा गरेका छन् ।
छैटौँ राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताका विजेता १९३७ रेटेड पुरुषोत्तम चौलागाईंले सात चरणको क्लासिकल खेलमध्ये ५ जित र २ बराबरी खेल्दै अपराजित ६ अंक जोडेका हुन् । चौलागाईंले २१७७ रेटिङ्ग पर्फोम गर्दै प्रथम पुरस्कार नगद रु. ५० हजार हात पारेका छन् ।
यस्तै राजेन्द्र राईले ५.५ अंक बनाएर द्वितीय स्थानमा रहँदै नगद पुरस्कार २५ हजार प्राप्त गरेका छन् । समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउण्टर, बुकोल्ज वान टु र मोष्ट वीन नियमका आधारमा तृतीय स्थानमा चित्त बुझाउँदै नगद पुरस्कार रु. १५ हजार प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण