सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए । भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८ औँ मिनेटमा अग्रता लिएको थियो । भालोभिकले केनन एल्डिजको पासमागोल गरेका थिए ।
३९ औँ मिनेटमा निकोलो साभोनाले स्यामुएलजर्मेन तासिफुन्डाको पासमागोल गरेपछि पहिलो हाफमायुभेन्टस २–० ले अघि रहेको थियो ।
५३ औंमिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो । सोही अग्रताअन्तिमसम्म जोगाउँदै यो सिजनमा लगातार दोस्रो जित निकाल्न सफल भयो । भेरोनाको भने यो पहिलो हार हो ।
इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एक एकगोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण