प्रशिक्षक ग्वार्डिओलासँगको असहमतिपछि म्यान सिटीबाट अल–हिलाल जाँदै डिफेन्डर क्यान्सेलो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले आफ्ना प्रभावशाली डिफेन्डर जोआओ क्यान्सेलोलाई बिक्री गर्ने निर्णय गरेको छ । म्यानचेस्टर सिटीले ३० वर्षीय पोर्चुगिज डिफेन्डर क्यान्सेलोलाई साउदी अरेबियन क्लब अल–हिलालमा बिक्री गर्न लागेको हो ।
यस विषयमा म्यानचेस्टर सिटी र अल–हिलालबिच सम्झौता समेत भइसकेको समाचारमा जनाइएको छ । क्यान्सेलोलाई बिक्री गर्न म्यानचेस्टर सिटी र अल–हिलालबिच दुई करोड १२ लाख पाउण्डमा सम्झौता भएको बताइएको छ ।
क्यान्सेलो पनि अल–हिलालमा आबद्ध हुन तयार छन् । क्यान्सेलो कम्तिमा तीन वर्ष अल–हिलालमा रहने छन् । उनी सन् २०१९ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । म्यानचेस्टर सिटीमै रहँदा उनले ऋणमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोनाबाट पनि केही खेल खेलेका थिए ।
म्यानचेस्टर सिटीमा आबद्ध हुनुअघि उनले एक सिजन इटालियन क्लब युभेन्ट्सबाट खेलेका थिए । यसका अतिरिक्त उनले भ्यालेन्सिया, इन्टर मिलान र बेनफिकाबाट पनि खेलिसकेका छन् । यसअघि म्यानचेस्टर सिटीले क्यान्सेलोलाई बिक्री नगर्ने बताउँदै आएको थियो ।
खासगरी प्रशिक्षक पेप ग्वार्डिओलासँगको सम्बन्ध चिसिएका कारण उनलाई म्यानचेस्टर सिटीले बिक्री गरेको हो । प्रशिक्षक ग्वार्डिओलासँगको असहज सम्बन्धकै कारण उनलाई ऋणमा बायर्न म्युनिख र बार्सिलोना पनि पठाइएको थियो । उनले यी दुई क्लबमा कुल १८ महिना बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण