दुग्धमती नदीको अतिक्रमित जग्गा खाली गराउन मधेस सरकारले थाल्यो गृहकार्य
वीरगन्ज । धनुषा–महोत्तरीको सीमामा पर्ने धार्मिक महत्त्व बोकेको दुग्धमती नदीको अतिक्रमित जग्गा फिर्ता ल्याइने गृहकार्य सुरु भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको नेतृत्वमा बुधबार बसेको उच्चस्तरीय बैठकले धार्मिक महत्वसँग जोडिएको दुग्धमती नदीको अतिक्रमित जग्गा खाली गराउने निर्णय गरेको हो । दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकले दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ । बैठकपछि मुख्यमन्त्री सिंहसहितको टोलीले दुग्धमती नदीको बहाव क्षेत्र, अतिक्रमणलगायतका स्थितिबारे स्थलगत अवलोकन पनि गरेको छ । धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उद्गमस्थलदेखि लिएर लक्ष्मीनियाँ गाउँपालिका–३ स्थित बनिनियाँसम्म मुख्यमन्त्री सिंहसहितको टोलीले अवलोकन गरेका हो ।
दुग्धमती नदी धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गम स्थलमा ठुलो मेला लाग्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण