विज्ञले इतिहास लेख्दा जनताले चलाएको आन्दोलनलाई जनयुद्ध लेख्ने छ : सांसद पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको काम अघि बढाउने हात नेकपा एमालेको पनि उत्तिकै भएको भन्दै ‘अन्ट सन्ट' नबोल्न चेतावनी दिएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले विभिन्न समय भएका आन्दोलनको उच्च सम्मान भएको बताए । २००७ सालको आन्दोलनमा लखन थापा‚ पन्चायतविरूद्धको आन्दोलनमा विरेन राजवंशी कृष्ण कुइकेल लगायत सहिदको सम्मान गरिएको पनि उनले जानकारी दिए ।
न्यायका निम्ति लडिएका आन्दोलनको सम्मान गरिएको भन्दै उनले भने‚‘ऐतिहासिक जनयुद्धमा दिलबहादुर रम्तेलले स्कुलको आगमनमा रगत बगाए । कसका छोराछोरी थिए ? कृष्णसेन इच्छुक को हुनुहुन्थ्यो ?’
मन्त्रालयमा रेकर्ड छैन भने अनमिनको रेकर्ड बाँड्न भन्दै उनले थपे‚‘अनमिनले प्रमाणीकरण गरेका र बाह्य निकालेकाहरू कसको छोराछोरी थिए ?’
जनताको छोराछोरीले लडेको युद्ध जनयुद्ध भएको भन्दै उनले भने‚‘शब्द प्रयोग गर्दा ख्याल गर्न अनुरोध गर्दछु ।अनुरोध स्वीकार गर्ने नगर्ने यहाँको कुरा हो ।’
उनले माओवादी बहस गर्न तयार भएको भन्दै अहिले उठेका प्रश्नहरूलाई विगतका आला घाउ नकोट्याउन र उत्तेजित नपार्न चेतावनी दिए ।
‘हजार वर्षसम्म पनि नेपालमा र संसारभर विज्ञले इतिहास लेख्यो भने जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर लेख्ने छ‚’ उनले भने‚‘यहाँहरूले यो शब्द किन कन्जुसाइ गरेको ? इतिहास त हामीलाई पनि जानकारी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण