आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारीमा छौँ : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रूपमा घोषणा गर्न लागि रहेको बताए । उनले रोजगार दिने काम श्रम मन्त्रालयको नभएको भन्दै रोजगारीको लागि वातावरण बनाउने काम गरिरहेको उल्लेख गरे । उनले आन्तरिक रोजगारीको लागि सरकारले रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काम गर्ने बताए ।
मन्त्री भण्डारीले मुलुकभित्र युवाहरूलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै भएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याउने र पुनः एकीकरण गरी वैदेशिक रोजगारीबाट युवाहरूले सिकेको सीपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना रहेको बताए ।
उनले भने,‘रोजगार दिने काम श्रम मन्त्रालयको होइन । रोजगारीको लागि वातावरण बनाउने काम हो । आन्तरिक रोजगारीको लागि सरकारले पनि रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काममा लागेका छौँ । अभियानको रूपमा सरकारले लिएर गएको छ । आगामी दशक आन्तरिक रोजगार दशकको रूपमा अगाडि बढाउने गरी मन्त्रालयले तयारी गरेको छ । मुलुकभित्र युवाहरूलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै हो ।’
मन्त्री भण्डारीले राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानले मुलुकभरि छरिएर रहेका सम्पूर्ण सीपमूलक तालिमहरूलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्थापन सरकारले गर्ने बताए । उनले प्रतिष्ठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनाउने योजना रहेको बताए । उनले रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने र मुलुकमा धेरै रोजगारी सिर्जना गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण