अमेरिकाको मिसिगनमा जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनको नयाँ च्याप्टर गठन
अमेरिका । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनले संगठन विस्तारलाई तीव्र बनाएको छ । अमेरिकामा बस्ने नेपालीहरूलाई एकत्रित गर्दै फाउन्डेसनले अमेरिकाको मिसिगन राज्यमा पनि शाखा विस्तार गरेको हो ।
मोहन पौडेलको अध्यक्षतामा गठित समितिको प्रथम उपाध्यक्षमा तिलकराम बस्याल , द्वितीय उपाध्यक्ष मोहन बहादुर क्षेत्री, महासचिव कृष्ण सिंह , सचिव वीरेन्द्र मैनाली र कोषाध्यक्षमा गणेश न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरूमा अर्जुन मगर, संगिता मगर , पूजा दुलाल तथा कल्पना पौडेल चयन भएको केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए । त्यस्तै समितिको सल्लाहकारमा विपिन श्रेष्ठ, घनश्याम पाण्डे, नारायण भट्ट र रामप्रसाद बस्याल मनोनयन गरिएका छन् ।
लोकतान्त्रिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका बारेमा अध्ययन अनुसन्धान गर्न फाउन्डेसन गठन गरिएको हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको केन्द्रीय अध्यक्ष डा.यादव पण्डितले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण