ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरूको चरित्रहत्या गरे : दीक्षित
काठमाडौँ । नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले युवाहरूको चरित्रहत्या गरेको आरोप लगाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२/०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर नारा लगाउन सिकाउने ओली, देउवाले तिनै युवाहरूलाई फटाहा, बदमास र गुण्डा भनेर अपमान गरेको उनले बताएका हुन् ।
‘डेमोक्रेसीमा बोल्न पाइन्छ, प्रधानमन्त्रीको विरोधमा पनि बोल्न पाइन्छ । नत्र भने बोल्न नपाइने र संविधानले बोल्न दिन मान्दैन भनेदेखि मलाई बताउनुस्, केपी ओली ०४६ सालमा सडकमा उत्रिँदा म पनि सडकमा छु, त्यो सडकको नाराबाजीमा ‘वीरे चोर देश छोड्’ कसले भनेको ? त्यो नारा नागरिक समाजको होइन, ‘वीरे चोर देश छोड्’ भन्न पाइन्थ्यो ? ०६२÷०६३ मा ‘ज्ञाने चोर देश छोड्’ कसले भनेको ? त्यही युवाहरूले भनेका हुन् । त्यही भनेर ती युवाहरूले तपाईँहरूलाई राज्यमा पुर्याएको छ,’ उनले भने ।
‘आज तिनै युवाहरूले हुटिङ गर्दा पक्राउ गर्ने, समाउने, डण्डा चलाउने ? यो हो डेमोक्रेसी ?’ उनले प्रश्न गरे, ‘देउवा र ओलीले बरु युवाहरूको चरित्र हत्या गरेका छन् । फटाहा, बदमास, गुण्डा के–के भने के–के ? त्यो भन्न पाइन्छ ? जनतालाई हेप्ने हो ? युवाहरूलाई हेप्ने हो ?’
साथै, उनले ओलीलाई प्रधानमन्त्रीको हैसियतमा बस्न सुझाव दिए । प्रधानमन्त्री ओलीले खुल्ला मञ्चमा आफ्नो हैसियतभन्दा तल ओर्लिएर व्यवहार गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण