घरेलु मैदानमा इटालीसँग फ्रान्स स्तब्ध
शनिबार, २२ भदौ २०८१, ०६ : ३४
पेरिस । इटालीले फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । शुक्रबार राति भएको यूईएफए नेसन्स लिग अन्तरगतको खेलमा इटाली ३–१ गोलले विजयी बन्यो ।
खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । १२ औँ सेकेण्डमा नै ब्राड्ली बारकोलाले इटालियन खेलाडीको पासलाई हस्तक्षेप गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा फेडेरिको डिमार्कोले सान्ड्रो टोनालीको क्रसमा उत्कृष्ट भलीमार्फत खेल बराबरी गरे ।
दोस्रो हाफको ५० औँ मिनेटमा इन्टर मिलानका फ्राट्टेसीले इटालीलाई पार्क डेस प्रिन्सेसमा अग्रता दिलाए । ७४ औँ मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीको जित सुनिश्चित गरे ।
खेलमा आर्सनलका डिफेन्डर रिकार्डो कालाफिओरी घाइते भएका छन् । ओसमान डेम्बेलेसँग जुध्दा उनको खुट्टामा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण