परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न समकक्षता निर्धारण महाशाखाको निर्देशन
आइतबार, २३ भदौ २०८१, ०८ : १९
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गतको पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आज एक सूचना प्रकाशित गर्दै परिमार्जन गरिएका स्वास्थ्यतर्फका पाठ्यक्रमहरू परिषद् पाठ्यक्रम विकास समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागु गर्ने निर्णय भएको हुँदा परिषद्का आगिक, साझेदारी, सामुदायिक तथा सम्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०६१ र ०६२ मा भर्ना भएका विद्यार्थीहरूलाई अनिवार्य रूपमा सोही बमोजिमको पाठ्यक्रम अध्ययन अध्यापन गराउन आग्रह गरिएको हो ।
यस सम्बन्धमा कुनै भ्रम भएमा कार्यालयमा सम्पर्क गर्न विद्यार्थी तथा समबन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण