२ वर्षमा निर्माण सम्पन्न हुने फलफूलको थोक बजार ८ वर्षमा पनि सकिएन
काठमाडौँ । काठमाडौँको चोभारस्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निर्माणको कार्य ८ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वि.सं. २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको सो भवनको काम अहिलेसम्म पनि पुरा हुन सकेको छैन । सो भवनको ११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी छ । तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन भवनको अझै १३ प्रतिशत काम बाँकी छ ।
२ वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम नभएपछि २०८० चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११ औँ पटक म्याद थप भएको थियो ।
सम्झौता अनुसार काम सम्पन्न गर्न झन्डै एक साता मात्र समय बाँकी छ । तर, पूर्वसहमति अनुसार अझै १३ प्रतिशत काम पुरा हुन सकेको छैन भने समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोडभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण