सत्ता साझेदार दलको बैठक सुरु हुन ढिलाइ
काठमाडौँ । सत्ता साझेदार दलको बैठक सुरु हुन ढिलाइ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न ४ बजेका लागि तय भएको बैठक सुरु हुन ढिलाइ भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ भएको बालुवाटार स्रोतले बताएको छ । बैठकमा सत्ता साझेदार दलका अन्य नेताहरु भने उपस्थित भइसकेका छन् ।
सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि आइतबार प्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे कुराकानी भएको थियो ।
आइतबार भएको दुई दलका शीर्ष नेताहरूबिचको बैठकमा न्यूनतम साझा कार्यक्रमका लागि कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रकाशशरण महत तथा एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने विषयमा सहमति भएको थियो । सो सहमतिलाई सत्ता साझेदार दलको बैठकले अनुमोदन गर्ने समेत बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण