नदीबाट तस्करी गरिएको २ सय ४५ केजी गाँजा बरामद
मङ्गलबार, २५ भदौ २०८१, १२ : ५५
सुनसरी । सशस्त्र प्रहरीले मंगलबार सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ केजी गाँजा बरामद गरेको छ ।
सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो । बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण