युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु
मङ्गलबार, २५ भदौ २०८१, १३ : ११
मस्को । रुसको मस्को नजिक एक महिलाको निधन भएको छ । युक्रेनले हानेको ड्रोनले अपार्टमेन्टमा लाग्दा आगलागी भएर ती महिलाको निधन भएको रुसी अधिकारीहरूले बताएका हुन् ।
रुसको रक्षा मन्त्रालयले बताएअनुसार रुसी सेनाले रातारात १४४ वटा युक्रेनी ड्रोन खसालेका छन् । २० वटा ड्रोन मस्कोको आकाशबाट खसाइएको बताइएको छ ।
ड्रोन आक्रमणमा परेर मंगलबार सबेरै दुई वटा अपार्टमेन्ट भवनमा क्षति पुगेको र कयौं फ्ल्याटमा आगो लागेको मस्कोका क्षेत्रीय गभर्नर अन्द्रेई भोरोब्योभले भनेका छन् । यस क्रममा एउटा अपार्टमेन्ट भवनको ११ र १२ औं तल्लामा आगलागी हुँदा रामेन्स्कोयेमा एक महिलाको निधन भएको उनले बताए । अरु तीन जना घाइते भएको बताइएको छ । प्रभावित भवनबाट ४३ जनालाई अन्यत्र सुरक्षित स्थलमा सारिएको उनले बताए । युक्रेनी हवाई आक्रमणबीछ मस्कोमा हवाई उडान स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण