कांग्रेस शिक्षा विभागले भन्यो– विश्वविद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसको शिक्षा विभागले नेपालको समग्र शिक्षा र त्यसमा पनि विश्वविद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार हुन आवश्यक रहेको बताएको छ । विश्व विद्यालयमा कुलपतिका रूपमा रहने प्रधानमन्त्री बढी जिम्मेवार हुँदा मात्रै अपेक्षित रूपमा शिक्षा क्षेत्र सुधार हुने विभागको भनाइ छ ।
पार्टी केन्द्रीय सदस्य समेत रहेका विभाग प्रमुख नैनसिंह महरले मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै विश्व विद्यालयमा कुलपति हुने व्यवस्था रहेको र कुलपति दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विश्व विद्यालयमा दलीय करण व्याप्त रहेको टिप्पणी गरे।
'विश्व विद्यालय देशको दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो। त्यो राजनीतिक प्रभावबाट टाढा रहनुपर्छ। विश्व विद्यालयमा दलीय करण हुनु हुँदैन। गुणस्तरीय शिक्षा अभिवृद्धिका साथै विश्व विद्यालयलाई दलीय करणबाट मुक्त गराउन कुलपति भूमिकामा रहने प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ,' उनले भने।
उच्च शिक्षाभित्रको गुणस्तरीयता ह्रास हुनुमा पनि दलगत स्वार्थ र प्रभाव नै प्रमुख कारक बनेको महरले बताए। उनले प्रधानमन्त्रीदेखि प्राध्यापक हुँदै विद्यार्थीसम्मको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा अभिवृद्धि नै हुनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण