कोशी प्रदेश : माओवादी केन्द्रद्वारा उपचार सहायता दिनुपर्ने माग
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)ले सरकारले दिने भनेको कडा रोग लागेका बिरामीलाई दिने उपचार सहायता रकम उपलब्ध गराउन माग गरेको छ ।
कोशी प्रदेश सभामा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद बाबुराम गौतमले र शून्य समय लिएर बोलेका गोम्बु शेर्पाले यस्तो माग गरेका हुन् । गौतमले बाढीपहिरो पीडितलाई राहत दिनुपर्ने, उनीहरुको पुनर्स्थापना र भौतिक संरचना निर्माणमा सरकारको ध्यानाकर्षण गराए ।
विशेष समय लिएर बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथीभरामा केबल कार निर्माण हुन लागेको भन्दै विरोध गरिन् । त्यहाँ केबलकार निर्माण गर्दा धेरैको रोजगारी खोसिने र सांस्कृतिक पक्ष कमजोर हुने उनले बताइन् ।
नेकपा एमालेका सांसद रमेश बस्नेतले सर्दु जलाधार क्षेत्रको ४०७ बिगाहा जमिनको मुआब्जा नदिएको र त्यसको बहानामा करिब २५ सय घर परिवार पीडित बनेको बताउँदै रोक्का राखिएका जग्गा फुकाउन जरुरी भएको बताए । ‘२१ वर्षदेखि ४ सय बिगाहाभन्दा बढी निजी सम्पत्ति बेचबिखन गर्न, धितो राख्नबाट पनि वञ्चित भएका छन्,’ बस्नेतले भने, ‘यो व्यक्तिगत सम्पत्तिको हकका विरुद्धमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण