पतिसँग सम्बन्धबिच्छेदपछि दुबईकी राजकुमारीले ल्याइन् ‘डिभोर्स पर्फ्यूम’
दुबई । संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा माहरा फेरि चर्चामा आएकी छिन् । यसअघि उनी पति शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमलाई ‘तलाक’ दिएपछि चर्चामा आएकी थिइन् ।
अहिले माहराले भर्खरै नयाँ परफ्युम लन्च गरेकी छिन् । यो पर्फ्युमको नामले धेरैको ध्यान खिचिरहेको छ । उनले परफ्युमको नाम ‘डिभोर्स’ राखेकी छिन् । नामकै कारण सामाजिक सञ्जालमा यसको निकै चर्चा भइरहेको छ ।
दुबईकी ३० वर्षीया राजकुमारी शेखा माहराले आफ्नो ब्राण्ड माहरा एम १ अन्तर्गत डिभोर्स नाम गरेको पर्फ्युम लन्च गरेकी छिन् । सोमबार आफ्नो इन्स्टाग्राम एकाउन्टमा यो जानकारी दिएकी थिइन् ।
यसमा उनले पर्फ्युमको टिजर शेयर गरेकी छन् । पोस्टमा कालो डब्बा सेतो अक्षरमा डिभोर्स लेखिएको छ । टिजरमा शिशाको टुक्रा, कालो पत्र र कालो ढुङ्गा देखाइएको छ । यो टिजर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
- यसकारण गरेकी थिइन् सम्बन्धविच्छेद
शेखा माहराले जुलाईमा सार्वजनिक रूपमा आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनले इन्स्टाग्राममा सम्बन्ध विच्छेदको घोषणा गरेकी थिइन् । श्रीमानले अरू कसैसँग सम्बन्ध बनाएको भन्दै उनले तीन तलाक दिएकी थिइन् । दुबई जस्तो कट्टर देशमा श्रीमानलाई सार्वजनिक रूपमा सम्बन्ध विच्छेद दिएपछि उनी निकै चर्चामा आएकी थिइन् ।
शेखा महराले मे २०२३ मा शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमसँग विवाह गरेकी थिइन् । यस वर्ष मे महिनामा यी दुईको छोरी जन्मिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण