बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा कार, मोटरसाइकल र अन्य उपहार पाइने

बुधबार, २६ भदौ २०८१, १६ : २०
बुधबार, २६ भदौ २०८१

काठमाडौँ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउने भएका छन्। आँउदो चाडपर्वको उपलक्ष्यमा उक्त चामलले उपहार योजना ग्राहकहरु माझ लिएर आएको हो। 

सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकल देखि कार सम्म पनि पाउन सक्नेछन्।

थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो। कम्पनीको अनुसार हरेक बोरा मा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले‌ पाउन सक्नेछन्। साथसाथै केहि भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरीदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप