एक वर्षमा ६७५ किलोमिटर सडक कालोपत्रे
शनिबार, २९ भदौ २०८१, ११ : ५९
काठमाडौँ । सरकारले गतवर्ष ६७५ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ८०० किलोमिटर दुई लेन सडक कालोपत्रे गर्ने लक्ष्य भएपनि ६७५ किलोमिटर सडकमात्र कालोपत्रे भएको हो ।
सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदनमा ६७५ किलोमिटर सडक मात्र कालोपत्रे भएको उल्लेख छ । योसँगै देशभरि दुई लेन कालोपत्रे सडक १८ हजार ३७६ किलोमिटर पुगेको छ ।
नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा चार लेन कालोपत्रे सडक १५० किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएपनि ७८.३ किलोमिटर मात्र निर्माण भएको छ । योसहित चार लेन कालोपत्रे सडक २२३ किलोमिटर पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर महानगर’ को उपाधि सगेन्द्रलाई
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण