आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित

आइतबार, ३१ जेठ २०८३, १६ : ५०
आइतबार, ३१ जेठ २०८३

सारांश

  • नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) ले नागार्जुन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी १०० भन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
  • शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूले स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरी केहीलाई विशेषज्ञ अस्पतालमा रिफर गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरेका थिए ।
  • कार्यक्रममा नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले पाकिस्तानी दूतावास र पीएनएएनलाई धन्यवाद दिँदै पीएनएएनका अध्यक्ष डा. मिश्रले यस्ता कार्यक्रमले दुई देशबीचको जनस्तरीय सम्बन्ध थप मजबुत पार्ने विश्वास व्यक्त गरे ।

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो ।

शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको छ भने आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

कार्यक्रममा पीएनएएनका अध्यक्ष डा.दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।

पाकिस्तानी दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग पुर्‍याउने पीएनएएनका चिकित्सक तथा स्थानीय निकायप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै उपप्रमुख सुशीला अधिकारीले नागार्जुनका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तानी दूतावास र पीएनएएनलाई धन्यवाद दिइन् ।

त्यसैगरी, पीएनएएनका अध्यक्ष डा.मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तानी दूतावासले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले दुई देशबिचको जनस्तरीय सम्बन्ध थप मजबुत पार्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप