रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कवीन्द्र बुर्लाकोटीले पार्टीको गण्डकी प्रदेश अधिवेशनमा वाचापत्र र शासकीय सुधारका १०० बुँदामा उल्लेख भएविपरीत अभिव्यक्ति दिएका छन् ।
- बुर्लाकोटीले रास्वपालाई सहयोग गर्ने व्यक्तिलाई विश्वविद्यालयमा १ नम्बर थपिने बताएका हुन् ।
- उनको अभिव्यक्तिले विश्वविद्यालयमा स्वच्छ, निष्पक्ष व्यक्तिलाई पदाधिकारी नियुक्त गरिन्छ भन्ने आशा मरेको प्राध्यापक सङ्घका पूर्वसभापति भीमसेनदाश प्रधानले बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष तहका नेताहरू प्रतिनिधि सभा निर्वाचनका बेलामा सार्वजनिक गरेको बाचापत्र र एकल बहुमतको सरकार बनेपछि ल्याएको ‘शासकीय सुधारका १०० बुँदा’मा समेटिएका विषयविपरीतका अभिव्यक्ति दिन सुरु गरेका छन् ।
रास्वपा महामन्त्री तथा प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले जेठ २९ गते शुक्रबार पार्टीको गण्डकी प्रदेश अधिवेशनमा वाचापत्र र शासकीय सुधारका १०० बुँदामा उल्लेख भएविपरीत अभिव्यक्ति दिएका हुन् । दुवैमा विश्वविद्यालयलाई राजनीतिक नियुक्ति र दलीय गतिविधिको अखडाबाट मुक्त गर्ने उल्लेख छ । बुर्लाकोटीले भने, ‘रास्वपाले नै जितोस् भनेर गाउँमा गएर भोट हाल्नलाई प्रेरित गरेको छ भने १ नम्बर त्यस्ता व्यक्तिको नाममा थपिन्छ,’ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिएका छन् ।
- बुर्लाकोटीले दिएको अभिव्यक्ति जस्ताको तस्तै
पार्टीमा नजोडिएको इमानदार भएर विश्वविद्यालयमा पढाएको योग्य व्यक्ति छ तर राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा बोकेर हिँडेको छैन, अरू पार्टीको पनि झण्डा बोकेर हिँडेको छैन ।
त्यत्तिकै योग्य छ तर राष्ट्रिय स्वतन्त्र पार्टीले जित्नुपर्छ भनेर अलिकति सहयोग पनि गरेको, क्षेत्रमा जाँदा आफ्नो घर वरिपरि भनिदिने पनि गरेको, जले जिते पनि के फरक पर्छ भनेर काठमाडौँमै नबसेको, रास्वपाले नै जितोस् भनेर गाउँमा गएर भोट हाल्नलाई प्रेरित गरेको छ भने १ नम्बर त्यस्ता व्यक्तिको नाममा थपिन्छ ।
उनको अभिव्यक्ति रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको ‘सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको १२ नम्बर बुँदा विपरीत छ । त्यो बुँदामा लेखिएको छ, ‘सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने । यस उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कडाइका साथ विभागीय कारबाही गर्ने ।’
बुर्लाकोटीको अभिव्यक्ति रास्वपाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि ल्याएको बाचापत्रमा उल्लेख धारणा भन्दा पनि विपरीत छ । बाचापत्रको बुँदा नम्बर ६१ मा रास्वपाले लेखेको छ, ‘विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्नेछौँ । शिक्षक तथा प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्णतः निषेध गर्नेछौँ ।’
महामन्त्री बुर्लाकोटीको यो भनाई अराजनीतिक र अनैतिक भएको प्राध्यापक सङ्घका पूर्वसभापति भीमसेनदाश प्रधान बताउँछन् । पूर्वमन्त्रीसमेत रहेका प्रधानले बुर्लाकोटीको यो भनाइले स्वच्छ, निष्पक्ष व्यक्तिलाई विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरिन्छ भन्ने भनाइलाई काटेको बताए ।
‘पार्टीको जिम्मेवार पदाधिकारीले पार्टीले निर्वाचनमा ल्याएको बाचापत्र र सरकारका १०० बुँदा विपरीत बोल्नु अनैतिक र अराजनीतिक हो,’ प्रधानले रातोपाटीसँग भने, ‘यो भनाइले अहिलेको सरकारले विश्वविद्यालयमा स्वच्छ निष्पक्ष व्यक्तिलाई पदाधिकारी बनाउँछन् भन्ने आशा मरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण