कान्छी औँलाको नङभन्दा सानो यो हो विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर
नयाँ दिल्ली । २३ वर्षका भारतीय विद्यार्थी तापाला नादामुनीले गिनिज बुक्समा काम गर्ने विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर बनाएको रेकर्ड राखेका छन् । यो भ्याक्युम क्लिनर कान्छी औँलाको नङभन्दा पनि सानो अर्थात् शून्य दशमलव ६५ सीएमको छ । यसलाई बनाउन उनले २ वर्ष खर्च गरेका थिए ।
यस अघि उनले सन् २०२० देखि सन् २०२२ सम्ममा १ दशमलव ७६ सेमीको सानो उपकरण बनाएका थिए । यसबाट उनको नाम गिनिजमा दर्ता भएको थियो । तर अरु कुनै व्यक्तिले शून्य दशमलव ८५ सेमीको भ्याक्युम क्लिनर बनाएपछि उनको यो रेकर्ड खोसियो । त्यसपछि अर्को २ वर्ष लगाएर उनले त्यो भन्दा पनि सानो भ्याक्युम क्लिनर बनाउने प्रयास गरे । यस बीचमा उनका कयौँ प्रयासलाई गिनिज बुक्सले अस्वीकार गरिदियो ।
गिनिजले बिजुलीाट चल्ने अनि नेगेटिभ आन्तरिक दबाबमा फोहोर तान्ने उपकरणलाई मात्रै विश्व रेकर्डको प्रयासमा वैध भनेको थियो । अनि भ्याक्युम क्लिनरलाई सबैभन्दा छोटो अक्षबाट नापिन्थ्यो । अर्थात् ह्यान्डल र पावर कर्ड भएतिरका हिस्सा यसमा सामेल हुन्नन् । गिनिजले आफ्नो केही प्रयासलाई अस्वीकार गरेपछि उनले गिनिज बुकमा नाम टिपाउनै लागि भ्याक्युम क्लिनरको डिजाइन नै फेरे । विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर बनाउन नादामुनीले २० हजार भारु खर्च गरेका थिए । तर समय भने निकै धेरै खर्चिनु पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण