नियमित संसद्मा उपस्थित सांसदहरूको नाम सार्वजनिक गरियोस् : रामहरि खतिवडा
सोमबार, ३१ भदौ २०८१, १४ : ४८

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा नियमित उपस्थित भएका सांसदका नाम सार्वजनिक गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महिनाको अन्तिम दिन १० दिन अनुपस्थित रहेका सांसदहरूको नाम सार्वजनिक गरिने भएकाले अबदेखि नियमित उपस्थितिको पनि नाम सार्वजनिक गर्न सभामुखसँग आग्रह गरेका हुन् ।
‘सभामुखलाई मेरो आग्रह छ । हरेक महिनाको अन्तिम दिन संसद्मा १० दिन अनुपस्थिति रहने सांसदको नाम सार्वजनिक गरिन्छ । अबदेखि नियमित उपस्थित हुने सांसदहरूको पनि सार्वजनिक गरियोस्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा
-
अर्बौँको घाटा र राजनीतिक भर्तीले थला परेपछि निजीकरणको बाटोमा सरकारी उद्योग
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो
-
‘रुग्ण उद्योग पुनर्जीवन गर्न जग्गा सरकारको र व्यवस्थापन निजी क्षेत्रको जिम्मामा हुनुपर्छ’