पुल बनाउँदा दुई वर्षको जेल सजाय
बेइजिङ । आफ्नै पैसाले गाउँलेका लागि पुल बनाइदिँदा चीनमा एक पुरुष जेलमा गएका छन् । अनधिकृत संरचनाको पुल बनाउँदा उनलाई सजाय दिइएको भन्दै अडिटी सेन्ट्रलले लेखेको छ ।
सन् २००५ अघि उत्तर चीनको चिलिन प्रान्तको झलिन गाउँको ताओएर नदी आसपासका अन्य समुदायसँग बिल्कुल एक्लो थियो । नजिकको पुलबाट खोला तर्न पनि गाउँलेहरूले करिब ७० किमी यात्रा गर्नु पर्थ्यो । तर, ह्वाङ डेयी नाम गरेका गाउँलेले नदी पार गर्न सानो पुल बनाएपछि सबै कुरा फेरियो । यसअघि उनले गाउँलेहरूलाई नदी आरपार गराउन डुंगा चलाउँथे । गाउँलेहरूको दुःख देखेर उनले क्षेत्रीय अधिकारीहरूले नगरेको काम गरे ।
उनले बनाएको अल्पविकसित पंटुन पुलको स्थानीयहरूले सराहना गरे । कष्ट गरेर नदी तार्नु पर्ने स्थिति थियो । केही शुल्क तिरेर नदी वारपार गर्न पाएपछि उनीहरु खुसी नै थिए ।
सन् २०१४ सम्म डेयीको व्यवसाय राम्रै चलेको थियो । अरु १७ जना गाउँलेसँग मिलेर पछि उनले पुलको स्तरोन्नति पनि गरे । भारी सवारी सधान आरपार गराउन सकियोस् भनेर धातुको १३ वटा डुंगालाई एक आपसमा वेल्ड गरेर पुललाई बलियो बनाइयो । तर चार वर्षपछि ताओनान जल मालिमा प्राधिकरणले पुल भत्काइदियो । पुल हटाएर कुरा त्यही टुङ्ग्याएको भएपनि हुन्थ्यो । तर त्यस्तो भएन । पुलबाट फाइदा लिएको भन्दै डेयी र उनको परिवारलाई कारबाही गरियो ।
सन् २०१९ मा डेयी पक्राउ परे । सन् २०१४ देखि सन् २०१८ को बिचमा पुल पार गर्ने सवारी साधनहरूबाट ४४ हजार युआन उठाएकोसमेत कयौँ अपराधमा डेयी र उनको परिवारका सदस्यहरूलाई पक्राउ गरियो । डेयीले सन् २००५ यता सवारी साधनबाट ५२ हजार युआन उठाएको त्यसलगत्तै भएको अर्को अनुसन्धानले देखायो । उनलाई २ वर्षको जेल सजाय सुनाइयो । त्यसपछि २ वर्ष वर्ष निगरानीमा राखियो ।
आफूले बनाएको पुललाई स्थानीय अधिकारीहरूले मञ्जुरी नदिएको भएपनि आफूले गाउँलेका लागि सो पुल बनाएको भन्दै डेयीले अदालतको फैसला विरुद्ध पुनरावेदन गरे । नदीमा आफूले दुई पटक पुल बनाउँदा उल्टै १ लाख ३० हजार युआन खर्च भएको उनको तर्क थियो । डेयीको पहिलो अपिल सन् २०२१ मा खारेज गरियो । तर उनले सन् २०२३ को जुनमा अर्को उच्च अदालतमा पुनरावेदन दिए । अहिले यो मुद्दा विचाराधीन छ । उनको यो कहानीबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण