क्यानडाको कम्पनीले बनायो ५ हजार डलर पर्ने मोटरजडित प्यान्ट, शक्ति ४० प्रतिशत बढाउने
काठमाडौँ । क्यानडाको लत्ताकपडा बनाउने कम्पनी आर्कटे्र्याक्सले मोटरजडित प्यान्ट बनाएको छ । बिल्ट–इन एक्सोस्केलेटन भएको यो प्यान्टले लगाउने व्यक्तिको खुट्टाको बल ४० प्रतिशतले बढाउने बताइएको छ । मोटरबाट चल्ने एक्सोस्केलेटन वर्षौँदेखि मेडिकल क्षेत्रमा प्रयोगमा आइरहेको छ । तर विलासिताको वस्तुमा यसको प्रयोग खासै हुन सकेको छैन । तर अब यो स्थिति फेरिँदैछ ।
आउटडोर ब्रान्ड आर्कटे्र्याक्सले गुगलबाट छुट्टिएर बनेको कम्पनी स्कीपसँग मिलेर हालै मात्रै विश्वको पहिलो मोटरजडित प्यान्टको विकास गरेको छ । मो/गो (माउन्टेन गोट संक्षिप्त रूप) भनिने यो पोशाक लुगा मात्रै होइन । यसमा एआईबाट नियन्त्रित मोटर पनि छ । मोटर लगाउने व्यक्तिको ठ्याक्कै घुँडामा पर्छ । ओरालो ओर्लिदा वा उकाली चढ्दा व्यक्तिको घुँडामा पर्ने दबाब घटाउन यसले मद्दत गर्छ । यो खासगरी हाइकिङलाई सहज बनाउन तयार पारिएको हो ।
मोटर ठ्याक्कै घुँडाको साइडमा पर्छ । हिँड्दाखेरी यसको ब्याट्री आफैं चार्ज हुन्छ । एक पटक चार्ज गरेपछि तीन घण्टासम्म उकाली ओराली गर्न पुग्छ । ब्याट्री प्याकसमेत गर्दा यो प्यान्टको तौल करिब सात पाउन्ड छ । यसले उकालो ओरालो गर्दा व्यक्तिलाई ३० पाउन्ड हलुको महसुस गराउने दाबी कम्पनीको छ । हिँडिरहेको ठाउँ र व्यक्तिको हिँडाइको शैली अनुसार यसले सहायतामा हेरफेर गर्छ ।
तर दुःखको कुरा यो प्यान्ट सस्तो भने छैन । सन् २०२५ सम्ममा बजारमा आउने अपेक्षा गरिएको यो प्यान्टको खुद्रा मूल्य प्रति थान ५ हजार डलर पर्नेछ । हाइकिङका वस्तुमा मानिसहरूले गर्ने खर्चभन्दा यो निकै धेरै हो । कम्पनीले यो प्यान्टलाई भाडा दिने घोषणा गरेको छ । पश्चिम अमेरिका र क्यानडामा ८० डलर तिरेर ८ घण्टाको लागि यो प्यान्ट लैजान सक्ने व्यवस्था कम्पनीले गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण