निःशुल्क शिक्षा नीति कार्यान्वयन गरियोस् : नेता महर
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सदनमा थन्किएर बसेको शिक्षा विधेयक पारित हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् । उनले संविधान र ऐनमा व्यवस्था भएको अनिवार्य र निःशुल्क शिक्षा नीति कार्यान्वयन गर्न माग गरेका हुन् ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलबार बानेश्वरमा सरोकारवालाबिचको छलफलमा पार्टी शिक्षा विभाग प्रमुख समेत रहेका उनले सो कुरा सरकारसँग माग गरेका हुन् । नेता महरले संविधान र ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए ।
‘संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख छ । यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने खाका बनाइनुपर्छ। को–कोसँग छलफल गर्नुपर्ने हो सरकारले त्यो पनि गर्नुपर्छ,’ उनले भने ।
नेता महरले संविधानमा अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हकको ग्यारेन्टी भएको जिकिर गरे । यस्तै उनले दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी सांकेतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउने हक पनि सुनिश्चित गर्न सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण