रुसी गोला बारुदको डिपो ध्वस्त पारेको युक्रेनको दाबी
बिहीबार, ०३ असोज २०८१, १३ : ४८
किभ । युक्रेनले रातभर गरेको ड्रोन आक्रमणले पश्चिमी रुसको टीभर क्षेत्रमा रहेको गोला बारुदको एउटा ठुलो डिपो ध्वस्त भएको बताइएको छ । युक्रेनको सुरक्षा सेवा (एसबीयू)को एक स्रोतले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको हो ।
युक्रेनी ड्रोनले रुसको रक्षा मन्त्रालयले टोरोपेट्स सहरमा चलाइरहेको गोदामघरलाई निशाना बनाएको छ । यहाँ इस्कन्दर, तोच्का–यू जस्ता रणनीतिक मिसाइल प्रणालीको साथै गाइडेड एरियल बम र गोलाबारुद जम्मा पारेर राखेको स्रोतको भनाई छ ।
ड्रोन आक्रमण पछि डिपो माथिको आकाशमा ठुलो आगो लागेको क्षेत्रीय सरकारले भनेको छ । यो घटनापछि गभर्नर आइगोर रुदेन्याले आंशिक इभ्याकुएशनको आदेश नै दिएका थिए । ड्रोन आक्रमणका कारण विस्फोट भएपछि भूकम्पीय हलचल पनि भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण