छातीमा भइरहेको पीडा पुटुको रोगको इशारा पो हो कि ?
काठमाडौं । आफ्नो छातीमा पीडा भइरहन्छ भनेर केही मानिसले प्रायः गुनासो गरिरहेको सुनिन्छ । जतिबेला पनि चुरोट पिइराख्ने वा चुरोट खानेहरूमा छाती दुख्ने समस्या देखिन्छ ।
चुरोट सेवनका कारण आफूलाई यी समस्या भएको होला भनेर उनीहरूले दुखाईलाई वेवास्ता गर्ने गर्छन् । कहिलेकाँही चाँहि ग्याष्ट्रिकका कारण छाती दुखेको मानेर पनि दुखाईतिर धेरै ध्यान दिइँदैन । तर हरेक पटक छातीमा हुने यस्ता पीडा मुटु रोगकै संकेत हुन्नन् । तर हामीले पीडा भन्दा पनि पीडाका प्याटर्नलाई बुझ्नुपर्छ ।
छाती दुखाइ मुटुमा समस्याका कारण भएको कसरी थाहा पाउने ?
छाती दुख्नुका कयौं कारण हुन सक्छन् । कहिलेकाहीँ यो दुखाइ केवल एक साधारण मांसपेशी दुखाइ पनि हुन सक्छ । कहिलेकाहीँ पुरानो चोट वा नयाँ चोटको कारण हुन सक्छ ।
छाती दुख्नु मुटुसँग सम्बन्धित समस्याको संकेत हो वा सामान्य हो भनेर बुझ्न धेरै सजिलो छ । कुनै बिरामीलाई हिँड्दा दुखेको छ भने त्यो मुटुको स्वास्थ्यसँग सम्बन्धित हुन सक्छ भनेर पद्म भूषण पाइसकेका भारतीय कार्डियोलोजिष्ट डा. टीएस क्लेयर भन्छन् ।
कुनै विशेष क्रियाकलाप गरेपछि छातीमा दुखाइ भएमा र आराम गरेपछि वा रोकिएपछि त्यो दुखाइ हट्यो भने यो धेरैजसो मुटुको समस्याले गर्दा हुन्छ । यदि कुनै रोगीले छाती दुखेको भन्छ तर हिड्दा दुखाइ कम हुन्छ वा निको हुन्छ भने यस्तो दुखाइ सामान्यतया छातीको सामान्य दुखाइ मात्रै हो ।
दुखाइको प्याटर्न
डाक्टर क्लेयरका अनुसार मुटुसँग सम्बन्धित समस्याका कारण दुखाइ भइरहेको छ भने यस्तो दुखाई छातीको बिचमा महसुस हुन्छ । तर छाती मात्र दुख्नु मुटुको कुनै समस्याको सङ्केत हो भनेर चाँहि नबुझ्नुस् ।
छातीको बिचमा दुख्नु वा बायाँतर्फ दुख्नु अर्थात् मुटु जहाँ छ त्यही छेउमा दुख्नुले मुटुको स्वास्थ्यमा समस्या भएको संकेत गर्न सक्छ ।
यसबाहेक, कहिलेकाहीँ दाहिने छातीमा दुखाइ पनि हुन्छ । छातीबाहेक यो दुखाइ बङ्गारासम्म पुगे पनि सामान्य दुखाइ मान्न सकिँदैन । यदि यो दुखाइ बायाँ हात र हत्केलामा बढ्छ वा ढाडको पछाडिबाट काँधको ‘ब्लेड’सम्म फैलियो भने, यो छाती दुखाइ चिन्ताजनक हुन सक्छ । यस्तो भएको छ भने डाक्टरसँग सम्पर्क गरेर आवश्यक जाँच गराउँदा मुटुको कुनै पनि ठूलो समस्याबाट बच्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण