राष्ट्रपति पौडेलद्वारा कुमारीबाट टीका ग्रहण
शनिबार, ०५ असोज २०८१, २२ : ४२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका छन् । साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन समेत गरेका छन् ।
टीका एवम् प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले खड्ग साटेका छन् । भाद्रशुक्ल द्वादशिका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थन गरी शुरू हुने यो जात्रा काठमाडौ उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण