समर्थकलाई रवि लामिछानेको आह्वान : यो सरकारले जे पनि गर्न सक्छ, अलर्ट बस्नुहोला
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारको अधिनायकवादी चरित्रको सामना गर्न समर्थकहरूलाई आह्वान गरेका छन् ।
आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् । साथै उनले सहकारी पीडितहरूको नेतृत्व आफू गर्न तयार रहेको पनि बताए ।
उनले सहकारी छानबिन समितिको प्रतिवेदनले आफूलाई निर्दोष देखाए पनि सरकारले षड्यन्त्र गरेर आफूमाथि धरपकड गर्न लागेको बताए ।
सभापति लामिछानेले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए ।
‘यो सरकारले जे पनि गर्न सक्छ । यो सरकारको विश्वास छैन । तम्तयार भएर रहनुहोला । देशभरका न्याय प्रेमी र रास्वपाका नेता कार्यकर्ताहरू अलर्ट रहन आग्रह गर्दछ’, लामिछानेको भनाइ छ ।
उनले सरकारको अधिनायकवादी चरित्रका विरुद्ध सबै एक ठाउँमा उभिएमा यो चरित्रको अन्त्य हुने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण