पठाओ चालकको मोबाइल चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँ । पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय प्रकाश महत र ३३ वर्षीय युवराज महत छन् ।
काठमाडौँ र भक्तपुरबाट काभ्रेपलान्चोक जान पठाओ बुक गरेर बनेपा पुगेपछि आरोपीहरूले पठाओ चालकलाई खाजा खान लैजान्छन् । खाजाको बिल र पठाओ भाडा ‘क्युआर मार्फत पठाइदिन्छौँ’ भनेर इन्टरनेट नचलेको बहानामा खाजा घर बाहिर निस्केर उनिहरुले मोबाइल लिएर भाग्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।
क्युआर मार्फत भुक्तानी गर्ने आश्वासन दिएपछि उनीहरूले पठाओ चालकको मोबाइल माग्ने र लिएर भाग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीहरूलाई चोरीको मोबाइल सहित पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण