विमानमा झगडा गरेपछि क्याथी प्यासिफकले लगायो दम्पतीमाथि प्रतिबन्ध
हङकङ । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकले एक दम्पतीलाई आफ्नो उडानमा प्रतिबन्ध लगाएको छ । रिक्लाइनिङ सिटको निहुँमा चीनकी एक यात्रीसँग झगडा परेपछि ती दम्पती कम्पनीको कालोसूचीमा परेका हुन् ।
सामाजिक सञ्चालनमा चिनियाँ महिलाले विमानमा आफूभन्दा पछाडि बसेका ती दम्पतीले आफूलाई दूरव्यवहार गरेको भन्दै गुनासो गरेकी थिइन् ।
आइतबार कम्पनीले सो जोडीको नाम उड्न नपाउनेहरूको सूचिमा थपेको छ । साथै यात्रा गरिरहेका यात्रुहरूमाथि दूरव्यवहार वा अपमान गर्ने व्यवहारप्रति शून्य सहनशीलताको नीति आफ्नो भएको पनि क्याथीले भनेको छ । चिनियाँ महिलाले सियाओहोङ्सुमा गरेको सो पोष्टमा सोमबार बिहानसम्म १ लाख ९४ हजार लाइक आएको छ भने मिश्रित खालको प्रतिक्रिया आएको छ । यो घटना सेप्टेम्बर १७ को हो । घटनाको समयमा विमान हङकङबाट लन्डन जाँदै थियो । आफ्नो पोष्टमा चिनियाँ महिलाले अधबैँसे श्रीमान् र श्रीमतीको जोडीले आफूमाथि टिभी हेर्न नदिएको र सिट मिलाउन भनेको बताएकी छिन् ।
उनले त्यसो गर्न नमानेपछि श्रीमतीले खुट्टा तन्काएर ती महिलाले हात अड्याउने ठाउँसम्म तेर्साइन् र क्यान्टोनी भाषामा गाली गर्दै पाखुरामा हिर्काइन् । चिनियाँ महिलाको ठिक पछाडि बसेका ती महिलाको श्रीमानले उनी बसिरहेको सिटलाई धकेलिदिए ।
भिडियोमा सिट हल्लिरहेको पनि देखिन्छ । अर्को दृश्यमा भने श्रीमतीले चिनियाँ महिलालाई माझी औँला देखाइरहेको देखिएको छ । यो दृश्य हेरिरहेका कयौँ यात्रीले ती दम्पतीको आलोचना गरेका थिए । यो घटनापछि विमानमा बस्ने सिटलाई ढल्काउनु ठिक हो कि होइन भन्ने बहस सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार
-
सुत्नुअघि ग्लीसिरिनमा यसलाई मिसाएर अनुहारमा लगाउनुस्, हट्नेछ सबै चाउरी
-
सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
-
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची