अत्यधिक गर्मीका कारण कक्षा कोठामै विद्यार्थी बेहोस हुन थालेपछि बिहान कक्षा सञ्चालन
रौतहट । पछिल्लो केही दिन देखि बढ्दो गर्मीका कारण रौतहट स्थित कैयौँ विद्यालयको कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि विद्यार्थीलाई गर्मी छल्न अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ।
सोमबार बिहान घाम झुल्किनासाथ अत्यधिक गर्मी बढेका कारण स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरू बेहोस भएका थिए। गर्मीको कारण कक्षा ६ का नव्या साह, कक्षा ७ की अर्चना साह, कक्षा ९ का अरबिन्द साह र कक्षा १० का निधि गुप्ता बेहोस भएका थिए। बेहोस छात्रछात्रालाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचार पछि उनीहरू पूर्ण रूपमा निको भएको जिल्ला शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ।
गर्मीबाट विद्यार्थीहरुलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६स्३० बजे गरिएको जिल्ला शिक्षा समन्वय इकाई रौतहटका अधिकृत उपेन्द्र सिंहले जानकारी दिए ।
गर्मीकै कारण विद्यार्थीमा समस्या देखिन थालेपछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।
त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६ः३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन्।
त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६ः३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पण्डितले बताएका छन्।
१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विद्यार्थी बचाउन बिहान देखी कक्षा सञ्चालन गरिएको छ। बढ्दो गर्मीलाई मध्यनजर गर्दै तत्काल बिहान ६ः३० देखि विद्यालय सञ्चालन व्यवस्था गर्न जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटले सम्पूर्ण पालिकाहरू लाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण