बेंगलुरुमा नेपाली महिलाको हत्या गरेका पुरुष ओडिसामा मृत फेला
काठमाडौँ । भारतको बेंगलुरुमा नेपाली महिला महालक्ष्मीको हत्यामा संलग्न व्यक्ति भारतकै ओडिसा राज्यको एउटा गाउँमा मृत फेला परेका छन् ।
प्रहरीले उनको खोजी गरिरहेको थियो । आफू पक्राउ पर्ने भएपछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
ओडिसाको भद्रक जिल्लाको एउटा गाउँमा बुधबार रुखमा झुण्डिएको अवस्थामा आरोपितको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपितको नाम मुक्तिरन्जन राय हो । उनको एउटा डायरीसमेत बरामद भएको प्रहरीले जनाएको छ । डायरीमा उनले महालक्ष्मीको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको बताइएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी र रन्जन सन् २०२३ देखि रिलेशनशिपमा थिए । दुवै एउटै मलमा काम गर्दै आएका थिए ।
२० सेप्टेम्बरमा बेंगलुरुस्थित आवासमा २९ वर्षीय महालक्ष्मीको शव विभत्स अवस्थामा फेला परेको थियो । उनको शव ५९ टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला परेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार तीन दशकअघि महालक्ष्मीका आमाबुबा रोजगारीको सिलसिलामा नेपालबाट बेंगलुरु आएर बस्न थालेका थिए । महालक्ष्मीको विवाह नेलमंगलामा बस्दै आएका हेमन्त दाससँग भएको थियो ।
महालक्ष्मी विगत ४ वर्षदेखि पतिसँग अलग भएर बस्दै आएकी थिइन् । महालक्ष्मीकी ४ वर्षीय छोरीसमेत छिन् । छोरी आफ्नै पितासँग बस्दै आएकी छन् ।
महालक्ष्मीले पतिसँग सम्बन्धविच्छेद भने गरेकी थिइनन् । तर परपुरुषसँग सम्बन्ध रहेको भन्दै पतिले विवाद गरेपछि उनी एक्लै बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण