राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुलको उद्घाटन
बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका–५ मा नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर सुस्ता झोलुङ्गे पुलको राष्ट्रपति पौडेलले बिहीबार उद्घाटन गरेका हुन् ।
सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति समेत शुभारम्भ गरिएको छ । सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको हो ।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागी थिए ।

झोलुङ्गे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोबास छ । यो पुल बन्नुअघि स्थानीयहरू डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । वर्षायाममा उच्च बहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो ।
एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछि सुस्तामा उत्पादन हुने उखु र केरा बजारको पहुँचमा सहजता हुने स्थानीयहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण