बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’
काठमाडौँ । नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा विपनाकुमारी बूढालाई तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो ।
यसैगरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा नन्दादेवी रोकायलाई तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जिपिए प्राप्त भएको थियो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । ‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।
सो प्रकाशनले नेपालका विभन्न दुर्गम भू–भागका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एक एक जना छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण