४ घन्टामा २ मिटर बढ्यो कुलेखानी, जोखिम घटाउन सिमखोला डाइभर्ट
हेटौँडा । कुलेखानी जलाशयमा ४ घण्टाको अवधिमा २ मिटर पानी भरिएको छ । साँझ ५ः ३० बजे १ हजार ५२६ मिटर जल सतह मापन गरिएको कुलेखानीमा ४ घण्टामा २ मिटर पानी भरिएको हो ।
राती ९ः २० को समयमा कुलेखानीमा जल सतह १ हजार ५२७.९५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिदै आएको छ । कुलेखानी जलाशय भरिन अब २ मिटर मात्र बाँकी रहेको उनले बताए ।
कुलेखानीमा १ हजार ५३० मिटर पानी भण्डारण गने क्षमता रहेको छ । सो क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानी स्वतस् ओभरफ्लो हुन्छ । आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको अनि घटाउन विधुत उत्पादन निरन्तर गरिएको छ भने जलाधार क्षेत्रको एउटा खोला डाइभर्ट गरिएको छ ।
जलाशयमा पानी घटाउन ६० मेगावाट क्षमताको कुलेखानी विधुत आयोजना संचालन गरिएको छ भने जलाधार क्षेत्रको सिमखोलालाई डाइभर्ट गरिएको उनले बताए । सिमखोलाको ढोका बन्द गरेर जलाशयमा पानी आउन रोकिएको उनको भनाई छ । सो खोला बन्द गरिएसंगै जलाशयमा प्रतिघण्टा पानी संकलन दर २० सेन्टिमिटर रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण