कालीगण्डकी करिडोर अवरुद्ध
गुल्मी । पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाव बढेको र चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत मजुवा बजार नजिकै बाघ खोलामा पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि उक्त सडक अवरुद्ध बनेको छ ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी –४ अन्तर्गत पुर्तिघाटमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भइरहे पनि वर्षा भइरहेको कारण सडक सञ्चालन गर्न पहल भइरहे पनि पहिराको जोखिमका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
लगातारको अविरल वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सडक अवरुद्ध बनेका छन् । लगातारको वर्षाका कारण जोखिम बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण