एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रिसकी नासिया नेपालमा
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रिसकी प्रतिभाशाली खेलाडी नासिया लिआग्की नेपाल आइपुगेकी छन् । उनले ’कर्णाली यश्विज’ बाट महिला भलिबल लिग खेल्नेछिन् ।
नासियालाई ‘कर्णाली यश्विज’का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनले नेपालजस्तो सुन्दर देशमा भलिबल लिग खेल्न पाउँदा आफूलाई गौरव लागेको प्रतिक्रिया दिइन् । उनले टोलीलाई सफल बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
नासिया ग्रिसको घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी ग्रिसको राष्ट्रिय भलिबल टोलीकी प्रभावशाली खेलाडी पनि हुन् । उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छन् ।
कर्णाली याश्विजबाट महिला भलिबल लिग खेल्न नेपाल आइपुग्ने उनी तेस्रो विदेशी खेलाडी हुन् । अमेरिकाकी खेलाडी ग्याब्रियल बेन्डा र टर्कीकी आउटसाइड हिटर जेनेप आउटर्यान कर्णाली याश्विजबाट खेल्न यसअघि नै नेपाल आइसकेका छन् ।
कर्णाली याश्विज टोलीको प्रमुख प्रशिक्षकका रुपमा कुमार राई रहेका छन् । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुँदै छ । लिगमा ६ टोलीको सहभागितामा रहने छ ।
कर्णाली याश्विज टोलीमा विदेशी खेलाडीका अतिरिक्त सुमित्रा रेग्मी, मीना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहरा र पशुपति बोहरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण