समाचार
प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार
सोमबार, १४ असोज २०८१, १५ : २०
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ असोज १६ गते बुधबार हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो ।
समिति सदस्य ईश्वरी घर्तीले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्नेगरी कार्यतालिका बनाइएको बताइन् ।
राउतविरुद्ध ६ वटा उजुरी परेको समितिले जनाएको छ । धेरै उजुरी परेकाले बुधबार सुनुवाइ हुने नहुने अनिश्चित रहेको अर्का एक सदस्यले बताए ।
‘उजुरीहरू धेरै छन् । सबैको अध्ययन गर्नुपर्छ । त्यसैले बुधबारको कार्यातालिका भएपनि उक्त दिन सुनुवाइ नहुन पनि सक्छ’, ती सदस्यको भनाइ छ ।
संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण